चालु आबमा १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने अर्थमन्त्रालयको संशोधित अनुमान

Advertisement

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक बर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान प्रस्तुत गरेका छन् । बजेटको अर्धबार्षिक समीक्षाका क्रममा मंगलबार उनले कोभिड १९ का कारण सार्वजनिक खर्चमा कमी आउने आंकडा प्रस्तुत गरेका हुन् । यो कुल बजेटको ९१ दशमलव १९ प्रतिशत हो । 

यो खर्च अनुमान गर्दा प्रतिनिधिसभाको निर्वाचन खर्च, कोभिड १९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वअनुमति दिएका आयोजनाको संभावित दायित्वलाई समेत मध्यनगरमा राखिएको मन्त्री पौडेलले बताए । 

Advertisement

त्यस्तै, पुँजीगतचर्फ दुई खर्ब ८३ अर्ब चार करोड (विनियोजित रकमको ८० दशमलव २० प्रतिशत) खर्च हुने अनुमान गरिएको छ । यस आर्थिक बर्षमा राजश्वबाट १० खर्ब ७४ अर्ब रुपियाँ संकलन हुने संशोधित अनुमान पौडेलले प्रस्तुत गरेका छन् । 

बजेटले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कोभिड १९ का कारण कठिन भएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा बजेटको अर्धबार्षिक समीक्षा प्रस्तुत गर्दै उनले आर्थिक गतिविधि बढ्दै गएकाले आर्थिक वृद्धि औसत रहने अनुमान गरे । 

पौडेलले राजश्वको संशोधित अनुमान पूरा हुने दिशातर्फ रहेको, मुद्रास्फीति नियन्त्रणभित्र रहेको, वैदेशिक व्यापारमा सुधार आएको, शोधनान्तर स्थिति एक खर्ब २४ अर्बले बचतमा रहेको, वैदेशिक विनिमय सञ्चिति झण्डै १५ खर्ब रुपियाँ रहेको, कर्जा प्रवाह र निक्षेप संकलन बढ्न थालेको विवरण प्रस्तुत गरेका थिए । 

उनले सहुलियत कर्जा र पुनःकर्जाको स्थिति उत्साहजनक रहेको, सेयर बजारमा पनि सुधार जारी रहेको बताउँदै तर कोभिडका कारण सार्वजनिक खर्च प्रभावित भएको स्वीकार गरे । सार्वजनिक खर्च अपेक्षाअनुसार नभए पनि गत बर्षको भन्दा बढि रहेको पौडेलको भनाई छ । 
पैठारी र आन्तरिक क्रियाकलापबाट हुने राजश्व संकलन सन्तोषजनक रहेको उनले बताए र पौडेलले विकास सहायता परिचालन केही कमजोर भए पनि आर्थिक बर्षको बाँकी अवधिमा पूला पूर्वाधार आयोजनामा खर्च बढ्ने भएकाले त्यसमा सुधार आउने आशा व्यक्त गरे । 

मन्त्री पौडेलले राष्ट्रिय गौरवका आयोजनाहरुमा विनियोजन रहमको १५ प्रतिशतभन्दा बढि मात्रै खर्च भएको जानकारी दिए । उनले प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले समन्वय गरिरहेको बताए । 

उनले निर्वाचनका लागि माग भई आएको सात अर्ब रुपियाँ बजेटको प्रवन्ध भइसकेको र थप माग भएमा जुटाइने बताउँदै साधारण खर्चका साथै निर्वाचन खर्चमा समेत मितव्ययीता अपनाइने दाबी गरे । पौडेलले अमेरिकी परियोजना एमसीसीको अनुमानको जवाफ निर्वाचनपछिको संसदले दिने बताए । 

Advertisement

Advertisement