प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गयो, सुनामीको चेतावनी

Advertisement

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । समुन्द्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएसँगै तटीय भुभागहरुमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको धक्का न्यूजिल्याण्डदेखि इण्डोनेसियासम्म महशुस भएको थियो । 

अमेरिकी भूगर्भिक अनुसन्धान संस्थाका अनुसार लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । त्यस्तै, अष्ट्रेलियाको मौसमसम्वन्धी एजेन्सीले भूकम्पको कारण सुनामी आउने भन्दै सचेत गराएको छ । सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

Advertisement

अमेरिकी संस्थाले भानुआटु र फिजीमा १ देखि ३.३ फुट माथिसम्म सुनामीको लहर आउनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 

Advertisement

Advertisement