अनुचित र असत्य पत्रकारिता गरेको भन्दै चीनले बीबीसीको प्रसारणलाई प्रतिबन्ध गर्यो

Advertisement

काठमाडौं । चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो देशमा बीबीसी विश्व सेवा टेलिभिजनलाई चीन भित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको हो। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबीसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको दाबी गरेको छ।  

केही महिना अघि चीनले बीबीसीले कोरोना भाइरसको महामारी र वुइघुर मुस्लिमहरूको शोषणसम्बन्धी प्रसारण गरेको रिपोर्टको आलोचना गरेको छ।

Advertisement

एक विज्ञप्तिमा बेलायतको विदेश मन्त्रालयले चीनमा इन्टरनेट र मिडियामा कडा प्रतिबन्ध लागू गरेको बताएको छ। विज्ञप्तिमा भनिएको छ कि चीनको यो निर्णयले विश्वको अगाडि उसको विश्वसनीयता घटाएको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement