अर्थतन्त्रमा कोरोनाको असर अपेक्षित भन्दा निकै कमः बैंकर मनोज ज्ञवालीको विचार

Advertisement

कोभिडको कारण विश्व अर्थतन्त्र संगै नेपालको अर्थतन्त्रमा जसरी नकारात्मक असर पर्ने प्रक्षेपण गरिएको थियो । त्यसरी अर्थतन्त्रमा असर परेको देखिएको छैन । होटल र भ्रमण व्यवसाय वाहेकका क्षेत्रमा धेरै असर परेको तथ्याङ्कले देखाउँदैन । यो आर्थिक बर्षको ६ महिनामा हाम्रा परिसुचकहरुलाई हेर्दा पनि अर्थतन्त्रमा कोरोनाको असर अपेक्षित भन्दा निकै कम त कहि उल्टो भएको पनि देखिएको छ। हेरौँ हाम्रो ६ महिनाका केहि सुचकांकहरूः 

– १४.४ प्रतिशतले कर्जा बढेको छ, अघिल्लो बर्ष ८.६ प्रतिशतले मात्रै बढेको थियो । बढेको कर्जाहरुमा कृषि क्षेत्रको कर्जा २० प्रतिशतले भन्दा बढिले बढेको देखिन्छ भने मार्जीन लेण्डिङ ५० प्रतिशत  भन्दा बढिले बढेको छ । हायर पर्चेच कर्जा ४.४ प्रतिशतले घटेको छ । कुल कर्जा रु ३७ खरब नाघेको छ ।

Advertisement

– निक्षेप ९.२ प्रतिशतले बढेको छ । बार्षिक गणना गर्दा २२ प्रतिशतले बढ्ने देखिन्छ । गत वर्ष ४ प्रतिशत ले बढेको थियो । कुल निक्षेप रकम रू ४२ खरब नाघेको छ ।

–  बचत निक्षेपको बृद्धि गत ३ बर्ष देखि घटिरहको थियो जो पहिलो पटक यो बर्ष बढेको छ । कुल निक्षेपमा बचत निक्षेपको अंश ३२ प्रतिशत बाट ३३.६ प्रतिशत भएको छ।

– सहुलियत दरको पुनरकर्जा रु ६९.९६ अरब ।सहुलियतपुर्ण कर्जा रु १०० अरब नाघेको छ ।

–  कोभिडको कारण घट्ने प्रक्षेपण गरिएको  रेमिटेन्स ११.१ प्रतिशतले बढेको छ । रु. ४९५ अरब रेमिटेन्स भित्रिएको  छ ।

–  ६.१ प्रतिशतले निर्यात बढेको छ भने आयात ४.८ प्रतिशतले घटेको छ ।  सोधनान्तर बचत रु १२४.९२ अरब छ ।

–  बिदेशी मुद्रा सन्चिती ९.७ प्रतिशतले बृद्धि भई अमेरिकी डलर १२.७८ अरब पुगेको छ । यो रकम १२.६ महिनाको बस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।

–  उपभोक्ता मुद्रास्फिति ३.५६ प्रतिशत छ । गत बर्ष ६.८२ प्रतिशत थियो ।

–  सरकारले  ६ महिना सम्ममा रु ४२२.२४ अरब राजश्व संकलन गरि चालु खर्च रु ३४२.३६ अरब र पुँजीगत खर्च रु. ५०.८२ अरब गरेको छ ।

–  बजारमा तरलता बढि रहेको कारण निक्षेपको ब्याजदर घटेको छ भने  ९१ दिने ट्रेजरी बिलको भारत औसत दर गत बर्षको ३.१७ प्रतिशतबाट घटेर  ०.८७ प्रतिशत रहेको छ ।

–  बाणिज्य बैकहरुको औषत आधार दर  २.२५ प्रतिशतले घटेर ७.१८ प्रतिशत कायम  रहेको छ । गत बर्ष यस्तो आधार दर  ९.४३ प्रतिशत थियो ।

–  ७५३ स्थानीय निकायहरू मध्य बाणिज्य बैकहरुको कारोबार ताप्लेजुङको मिक्वाखोला, जाजरकोटको जुनीचांदे, धादिङको रुवी भ्याली र बझाङको काँडा  गरी ४ वटा दुर्गमको स्थानीय निकाय बाहेक ७४९ वटा स्थानीय निकायबाट भइरहेको छ ।

– पौष मसान्तमा नेप्से ईन्डेक्स २२८.६ रह्यो ।  अहिले शेयर बजारको कारोबार रकम  एकै दिनमा   रु १० अरब नाघेको छ भने नेप्से ईन्डेक्स २५०० नाघेको छ । यो गत बर्षको पौष मसान्त भन्दा दुईगुणा भएको छ ।

राजनैतिक अस्थीरताको दीर्घ रोग बाहेक अरु हिसाबले अर्थतन्त्रलाई अध्ययन गर्दा सकारात्मक सूचकांक देखिन्छन् । 

(ज्ञवाली नबिल बैंकका नायब महाप्रबन्धक हुन् ।)

Advertisement

Advertisement