नेपाल टेलिकमको नाफा ३३ प्रतिशतभन्दा बढिले खस्कियो

Advertisement

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ४ अर्ब ९३ करोड ९१ लाख ५० हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३ दशमलव ४० प्रतिशत कम भएको हो ।

Advertisement

यस वर्ष कम्पनीले रू. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार कुल आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. २१ अर्ब ९२ करोड ६८ लाख ४२ हजार रहेको थियो । आम्दानी कम भएसँगै कम्पनीको खुद नाफा घटेको हो ।

उक्त कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ । धितोपत्र दोस्रो बजारमा बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ४१० कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८० अर्ब ३७ करोड ५४ हजार रहेको छ । 

गत वर्षको भन्दा कम्पनीको जगेडा कोष रकम ४ दशमलव ५९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. ६३५ दशमलव ८० रहेको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement