मोटरसाईकल चोरीमा संलग्न ४ जना मोटरसाइलसहित पक्राउ

Advertisement

काठमाडौं । मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । चोरीका सुचनाहरु प्राप्त भएसँगै आफूहरुले केही महिनायता सक्रियतापूर्वक सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको महाशाखाले जानकारी दिएको छ । 

उक्त अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकलसहित पक्राउ हुने क्रम बढेको जनाइएको छ । माघमा मात्रै ११ जनालाई नियन्त्रणमा लिर्इ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी विभिन्न वृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।

Advertisement

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट श्रेष्ठको पल्सर सहित धादिङ्ग गजुरीका धनबहादुर तामाङलाई वास्तविक नम्वर परिवर्तन गरि बा.प्र.३–०२–०२० प ४८२४ राखेको अबस्थामा पक्राउ गरेको हो भने बल्खुबाट मगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङलाई प्रदेश ३–०२, ०११ प ८९२९ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

पक्राउ गरि तीनै जनामाथि अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरि बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङ नै भएको तथ्य पत्ता लागेको पनि महाशाखाले जानकारी दिएको छ । त्यसपछि टोलीले सुचना संकलन एव खोजतलास गरि विशेष सुराकको आधारमा निजलाई बल्खुबाट पक्राउ गरेको जानकारी पनि दिएको छ । 

पक्राउ भएका मोटरसाइकलहरु शुक्रबार भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्‍ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ । थापा मगरको प्रदेश ३–०२, ०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अबस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा. प्रदेश ०२–०१९ प ९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख गरेका छन ।

हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

Advertisement

Advertisement