घुस खाएको भए बर्खास्त गर, नभए सचिवहरुलाई पूरा कार्यकाल काम गर्न देउः खनाल

Advertisement

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले पूरा कार्यकाल काम गर्न नदिई सचिवहरु सरुवा गर्दा अस्थिरता सिर्जना हुने बताएका छन् । सरकारले सचिवहरुको सरुवा गरेको समाचार बाहिर आएपछि खनालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै त्यसको आलोचना गरेका हुन् । 

सचिवको पद निश्चित कार्यकालको लागि तोकिएको हुने भन्दै उनले एक कार्यकाल एउटा मन्त्रालयमा पूरा गर्न नदिई सुरुवा गर्नु गलत भएको बताएका छन् । खनाल लेख्छन्, ‘निश्चित कार्यकाल तोकेको पद हो सचिवको। एक कार्यकाल एउटै मन्त्रालयमा पूरा गर्न नदिई सचिव सरुवा गर्नु भनेको सरकारले आफैं अस्थिरता भित्र्याउनु हो। सचिवको कार्यसम्पादन ठिक छैन, आर्थिक अपचलन गरेको छ भने निसे (निजामती सेवा) ऐनबमोजिम बर्खास्तै गर्नु पर्छ । सचिव सरूवा ठिक होइन।’

Advertisement

Advertisement

Advertisement