दोहोरो वृद्धभत्ता पाइने भएपछि वृद्धहरु काठमाडौं बसाई सर्नथाले, कामपालाई आर्थिक बोझ

Advertisement

काठमाडौं । लोकप्रिय कार्यक्रम ल्याएर वृद्धवृद्धा रिझाउने नीति लिएको काठमाडौं महानगरपालिकालाई आफ्नै कार्यक्रमले आर्थिक भार थपिएको छ । सामाजिक सुरक्षा भत्ताबापत सरकारले दिने मासिक ३ हजारमा महानगरले छुट्टै एक हजार रुपियाँ थपिदिने ‘महानगर विशेष भत्ता’ कार्यक्रम चलाएको छ ।

मासिक चार हजार रुपियाँ वितरण गर्न थालेयता लाभग्राही बर्सेनि थपिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । बढ्दो सहरीकरणको चापसँगै उपत्यकाका अन्य नगरपालिकामा बसोबास गर्न पुगेका ज्येष्ठ नागरिकहरू पनि काठमाडौं फर्किएको उनको दाबी छ । ‘वार्षिक एकमुष्ट १२ हजार रुपियाँसहित सम्मान पनि गर्दै आएका छौं,’ उनले भने, ‘त्यो नगद आकर्षणले गर्दा महानगरमा पुनः बसाइँसराइ गर्ने बढेको देखिएको छ । यसले सामाजिक सुरक्षा भत्ता बजेटको आकार बढ्यो ।’ साथै पूर्ण अपांगले वार्षिक एकमुष्ट ३ हजार रुपियाँ ‘महानगर विशेष भत्ता’ पाउँछन् ।

Advertisement

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement