नेपाल टेलिकमको एनटी च्याटबोट सेवाबाट यसरी लिन सकिन्छ सुबिधा

Advertisement

काठमाडौँ । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ । 

कम्पनीको वेबस खोल्नासाथ शुुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ । 

Advertisement

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत/गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग/पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ । 

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु (फेसबुक, ट्वीटर, भाइबर कम्युनिटी, इन्स्टाग्राम प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् । 

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । 
 

Advertisement

Advertisement