९१ करोड ३० लाख राजश्व छली गर्ने बिरुद्ध मुद्दा दर्ता, लेखा परीक्षक पनि तानिए

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ९१ करोड ३० लाख ५६ हजार ५ सय ११ रुपियाँ राजश्व छली गर्ने मुख्य अभियुक्त सुबोध साहसहित १३ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । 

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी ११ वटै फर्महरुको बैंक खाता सञ्चालक सर्लाही जिल्ला बलरा नगरपालिका ७ बस्ने मुख्य अभियुक्त साह, ९ जना अभियुक्त र ३ जना मतियार बिरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो ।

Advertisement

एसबीके इन्टरनेशनल, डाइनामिक इन्टरनेशनल प्रालि, एनएस एक्टिभ इन्टरनेशनल प्रालि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रालि, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राइज इन्टरनेशनल ट्रेड प्रालि, सनसाइन प्रोलिंक ट्रेड प्रालि, सीबीएस इन्टरनेशनल सप्लायर्स प्रालि, टिटानियम सप्लायर्स प्रालि र एक्टिभ सप्लायर्स प्रालिका सञ्चालक तथा झुट्टा/नक्कली बिजकका मुख्य कारोबार साहले राजश्व छलेको अनुसन्धानबाट खुलेपछि मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

११ वटै फर्महरुको बैंक खाता सञ्चालक साह समेतले कर बिजको कारोबार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतिलाल सहनी समेतको मिलेमतो देखिएको अनुसन्धानबाट पुष्टी भएको महानिर्देशक मैनालीले बताए । 

कर छलीमा झुट्टा तथा नक्कली कर बिजकको कारोबार एवम् लेखा परीक्षण प्रतिवेदन तयार गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालालाई मतियारका रुपमा माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।     
 

Advertisement

Advertisement