भागरथी हत्या प्रकरणः एउटै विद्यालय पढ्ने युवक पक्राउ, आज सार्वजनिक गरिने

Advertisement

काठमाडौं । बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एउटै विद्यालय पढ्ने एक युवकलाई पक्राउ गरेको छ । भागरथीले अध्ययन गर्दै आएको सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने युवकलाई प्रहरीले पक्राउ गरी आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । भागरथी कक्षा १२ मा पढथिन् । 

दोगडाकेदार गाउँपालिका–७ की भागरथीको माघ २१ गते विद्यालयबाट फर्किने क्रममा बलात्कार गरी हत्या गरिएको थियो । उनको शब भोलिपल्ट मात्रै सामुदायिक वनमा सडकभन्दा ५० मिटर भित्र फेला परेको थियो । 

Advertisement

भागरथीका हत्यारालाई पक्राउ गर्न नेपाल प्रहरीका डिआईनी उत्तमराज सुवेदी केही दिनदेखि स्थानीय प्रहरी चौकीमै रहेर अनुसन्धानमा सहभागी भएका थिए । उनले मंगलबार नै अपराधिको पहिचान भएको र एक–दुई दिनभित्र सार्वजनिक गर्ने बताएका थिए । घट्ना भएको १५ दिनपछि प्रहरीले दोषीलाई पहिचान गर्न सफल भएको हो । 

दिनेशले भागरथीको बलात्कार र हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीको भनाई छ । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका उनले बदला दिन आफूले बलात्कारपछि हत्या गरेको तर्क गरेका छन् । यसअघि प्रहरीले घट्नामा संलग्न रहेको आशंकामा एक जना सरकारी कर्मचारीलाई पनि पक्राउ गरेको थियो । तर, उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । 

निर्मला पन्तको जस्तो दोषी पत्ता लगाउन असफल नहोस् भनेर नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नै बैतलीमा खटाएको थियो । 

Advertisement

Advertisement