सय मेगावाटको ‘तामाकोशी–५’को निर्माणकार्य सुरु

Advertisement

चरिकोट, दोलखा । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ ।

बिगु गाउँपालिका वडा नम्बर– ३ मा निर्माण हुँने ९९ दशमलव ८ मेगावाट क्षमाताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, आवासगृह लगायतको निर्माण कार्य अघि बढेको हो ।

Advertisement

ठेकेदार कम्पनी श्रीङ्गेश्वर प्रेररा जेभीले २५ करोड ९१ लाख रुपियाँमा २०७७ साल मंसिर ४ गते ठेक्का सम्झौता गरि पुस ४ बाट निर्माण कार्य सुरु गरेको हो ।

जामुने स्थित सिंगटी–लामाबागर मुख्य सडकबाट कार्यलय भवन तथा आवासगृहसम्म जाने सडक निर्माण कार्य सकेर कार्यलय तथा आवासगृहका लागि जग्गा सम्याउने काम भइरहेको श्रीङ्गेश्वर प्रेररा जेभीका प्रोजेक्ट म्यानेजर सञ्जिवलाल कायस्थले जानकारी दिए ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement