कोहलपुरमा पनि म्याक परिवार, दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती

Advertisement

काठमाडौँ । भारत पेट्रोलियम कर्पोरेशनद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र टीएल ट्रेड सप्प्लायार्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

म्याक परिवारको मुख्य उदेश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स्हरुलाई एउटै परिवारमा बाधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भमा ग्राहक महानुभावहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । 

उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपूर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी २०२१ को आन्तिम  सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  

कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रालिका डेपुटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।  
 

Advertisement

Advertisement