टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प शुरु, यी सेवामा २५ प्रतिशतसम्म पाइन्छ छुट

Advertisement

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको  आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प  फागुन ५ देखि १६ गतेसम्म बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचालनमा ल्याएको छ । कम्पनीका अनुसार टाटाका कमर्सियल गाडी धनीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो ।  २८ मंसिर देखि सुरु भएको पाँचौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो ।  

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिङ लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प हाम्रा ग्राहकहरुलाई निकै नै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए । साथै यो सर्भिस  क्याम १० दिनको भएको र अघिल्लो चरणको  सर्भिस क्याम्प छुटाउनु भएको ग्राहकहरुलाई यो अवसरको फाइदा उठाउन आग्रह गरे ।

Advertisement

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । 

लेवर चार्जमा २५ प्रतिशत छुट,  निःशुल्क इन्जिन आयल टप अप, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, लुब्रिकेन्टस् मा १८ प्रतिशत छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क रु २०० को मोबाइल रिर्चाज यो सर्भिस क्यामका आकर्षणहरु रहेका छन् ।  
   


 

Advertisement

Advertisement