दश अर्बको पूर्वाधार कम्पनीलाई १५० करोड लगानी जुट्यो, छिट्टै आईपीओ निष्काशनको तयारी

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको अगुवाईमा १० अर्बको पूर्वाधार कम्पनीका लागि एक अर्ब ५० करोडको लगानी प्रतिवद्धता प्राप्त भएको छ । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामिछाने, वर्तमान अध्यक्ष कुमार पन्त लगायतले पूर्वाधार कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  

कम्पनीमा नेपाल सरकारले ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त भएको छ । कम्पनीले गैरआवासीयहरुका लागि आईपीओ समेत जारी गर्नेछ । ८ देखि १२ लाख एनआरएनलाई कम्पनीमा लगानीको वातावरण तयार पारिएको  कम्पनीका वित्तिय सल्लाहकार अनलराज भट्टराईले जानकारी दिए ।

Advertisement

केहि समयभित्रै कम्पनी दर्ता गरेर आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा जाने उनले बताए । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने कम्पनीले एनआरएनहरुलाई औपचारिक रुपमै सेयर बजारमा लगानी गर्न बाटो खोलिने उनको भनाई छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पनि गैरआवासीय नेपाली संघलाई सेयर बजारमा लगानी गर्ने व्यवस्था मिलाउन बाह्य परामर्शदाता मार्फत अध्ययन अघि बढाएको बताएका छन् । गैरआवासीयहरुलाई विदेशबाटै डिम्याट खाता खोल्ने लगायतका सबै प्राबिधिक काम गर्ने व्यवस्था हुने वित्तिय सल्लाहकार भट्टराई बताउछन् । 

हालसम्म नेपाल भित्र रहेका नेपाली नागरिकहरुले मात्रै नेपालको सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । अब भने नेपालीको पुँजी बजारमा गैरआवासीय नागरिकहरुले औपचारिक रुपले लगानी गर्ने अवस्था निर्माण हुन लागेको हो ।

Advertisement

Advertisement