रु रु जलविद्युतको आइपीओ बिक्री खुला

Advertisement

काठमाडौं । रु रु जलविद्युत परियोजनाले भोलि (फागुन ७ गते) देखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयमा सबै सेयर बिक्री नभएमा चैत ८ गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

Advertisement

स्थानीयले गुल्मी जिल्लामा रहेका शाइन रेसुंगा र गरिमा विकास बैंक तथा ग्लोबल आइएमई बैंकको शाखाबाट आइपीओ भर्न पाउने व्यवस्था गरिएको छ । रु रुले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको हो । 

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल गर्ने छ । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ पाएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । 

रु रुले स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि जारी पुँजीको १० प्रतिशत नै सेयर सर्वसाधारणलाई प्रिमियम भाउमा खुला गर्ने योजना बनाएको छ । सर्वसाधारणले भने प्रतिकित्ता १२० रुपैयाँमा आवेदन दिनुपर्नेछ । 

कम्पनीको सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्नको लागि धितोपत्र वोर्डले अनुमति दिइसेको छ । 

Advertisement

Advertisement