काठमाडौँ । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनी विभागको महानिर्देशकमा नियुक्त भएका हुन् ।
माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि महानिर्देशक रिक्त थियो । यसअघि राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजश्व विभागमा पठाइएको चर्चा चले पनि आचार्यलाई नियुक्त गरिएको अर्थमन्त्रालय श्रोतले जनाएको छ ।