एलजीका शोरुमहरुबाट सामान किन्ने तीन जना भाग्यशाली विजेताहरु पुरस्कृत

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीका विभिन्न आठ वटा आधिकारिक शोरुमहरुबाट दशैंतिहारमा सामान किन्ने ग्राहकहरुमध्येबाट भाग्यशाली तीन जना शुक्रबार पुरस्कृत भएका छ । त्यतिबेला सामान किन्ने क्रममा एलजी सपहरुले ग्राहकहरुलाई उपहार कुपनहरु भर्न लगाएकोमा केही दिनअघि फेसबुक लाइभमार्फत गोलाप्रथाबाट बिजेता छनौट गरिएको थियो । ती बिजेताहरुलाई कान्तिपथस्थित एलजीको शोरुमा आज पुरस्कृत गरिएको हो । 

पुरस्कृत हुनेहरुमा कान्तिपथ शोरुमबाट सामान किन्ने इन्दिरा उप्रेती पहिलो बिजेता भएकी छन् । त्यस्तै, एलजीको जावलाखेल शोरुमबाट सामान किन्ने प्रिती झा दोस्रो र एलजीको सितापाइला शोरुमबाट सामान किन्ने जनक अधिकारी तेस्रो भएका छन् । 

Advertisement

दशैंतिहारमा एलजी ब्राण्डले पनि ‘अपग्रेड टू हेल्दि लाइफ स्टाइल’ अफर सञ्चालन गरेको थियो । यो योजनामा एलजीका घरायसी सामानहरु किन्दा ४० प्रतिशतसम्म छुटका साथै विभिन्न उपहारको छुट्टै व्यवस्था गरेको थियो । 

Advertisement

Advertisement