तरकारी र फलफूलमा विषादी प्रयोगको मात्रा निर्धारण, मात्रा बढि पाइए खाद्य ऐनअनुसार कारवाही

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले पहिलोपटक विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो । अदालतले यस्तो मात्रा निर्धारण गर्न महिनौअघि निर्देशन दिए पनि मन्त्रालयले बल्ल यसको निर्धारण गरेको हो । 

बिषादी र रासायनिक मलको बढ्दो प्रयोग तथा मिसावटले मानव स्वास्थ्यका साथै जीवजन्तुमा समेत  गम्भीर असरहरु देखिँदै आएको छ । मन्त्रालयले निर्धारण गरी यसको सुचना राजपत्रमा प्रकाशित गरेको छ । नेपालमा उत्पादित मात्रै नभएर भारतबाट आयात हुने तरकारी र फलफूलमा धेरै दिनसम्म कुहिनबाट रोक्न अधिकमात्रामा बिषादी प्रयोग गर्ने गरेको भेटिएको थियो । 

Advertisement

यसअघि मन्त्रालयले प्रशोधित उत्पादनमा मात्रै बिषादीको मात्रा तोकेकोमा अहिले तरकारी र फलफूलमा तोकेको हो । यसअघि मात्रा निर्धारण नहुँदा नियामन र कावाहीमा समेत समस्या हुँदै आएको थियो । 

खाद्य ऐनले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरेर तरकारी र फलफूलमा विषादीको अधिकतम परिणाम निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । 

तोकिएको नयाँ मापदण्डमा स्याउमा विषादीको प्रकारअनुसार शुन्य दशमलव ०५ मिलिग्रामदेखि ५ मिलिग्राम, केरामा शुन्य दशमलव ०१ देखि १५ मिलिग्राम, तिते करेलामा शुन्य दशमलव ०५ मिलिग्राम देखि १ मिलिग्राम, बन्दामा शुन्य दशमलव ०५ देखि ७ मिलिग्राम, बन्दाकोभीमा शुन्य दशमलव ०५ देखि २ मिलिग्राम, भिन्डीमा शुन्य दशमलव ०१ देखि २ सय मिलिग्राम, आलुमा शुन्य दशमलव ००५ देखि ७ मिलिग्राम, गोलभेडामा शुन्ष् दशमलव ०५ देखि ५ मिलिग्राम र चियामा शुन्य दशमलव ७ देखि ४० ग्राम मात्रा निर्धारण गरिएको छ । 

तोकिएको भन्दा बढि बिषादी प्रयोग भएको पाइए खाद्य ऐनअनुसार कारबाही हुनेछ । उक्त ऐनमा खाद्य वस्तु दुषित पाइएमा ५० हजार जरिवानाको व्यवस्था गरिएको छ । 

Advertisement

Advertisement