१ करोड २२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा यो साता १ करोड २२ लाख ३० हजार ६६.७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ र कामना सेवा विकास बैंक सहित १ बीमा कम्पनी, १ लघुवित्त, २ जलविद्यतु कम्पनी र १ डिस्टिलरी कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

यसैक्रममा साताको पहिलो दिन आइतबार १७ लाख २० हजार ५ सय ६१.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । अपी पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान बोनस बापतको उक्त शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

त्यसैगरी साताको दोश्रो दिन सोमबार ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको थियो । मुक्तिनाथ विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ११.२५ प्रतिशत बोनस बापतको ४८ लाख ६५ हजार ६ सय १३.१७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । 

कामना  सेवा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ४.४० प्रतिशत बोनस बापतको ११ लाख १७ हजार ६ सय ८३.७९ कित्ता शेयर पनि सोमबारनै नेप्सेमा सूचीकृत भएको हो । 

यसैक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ७ लाख १७ हजार २ सय ५५ कित्ता शेयर सूचीकृत भएको छ । 

नेप्सेका अनुसार लक्ष्मी लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको ४ लाख १७ हजार ४ सय ५० कित्ता शेयर पनि सूचीकृत भएको छ । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको ४ लाख ९९ हजार १ सय ६२ कित्ता शेयर सोमबारनै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यस्तै सोमबारनै हिमालयन डिस्टिलरीले शेयरधनीहरुलाई दिएको ५० प्रतिशत बोनस बापतको २८ लाख ९२ हजार ३ सय ४१.२५ कित्ता शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement