लोडसेडिङ हटेपछि पनि प्रिमियम महशुल लगाउने तयारी, वीरगञ्जका उद्योगीहरु विरोधमा

Advertisement

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिवार पत्रकार सम्मेलन गरेर लोडशेडिङ अन्त्य भइसकेपछि औद्योगिक ग्राहकहरूसित प्रिमियम दरकै महसुल लिइनु अन्याय हुने बताएको हो ।

प्राधिकरणले गत जेठयता प्रिमियम महसुल हटाइसकेको छ । त्यसअघि डेडिकेटेड र ट्रंक लाइनबाट आपूर्ति लिएका ग्राहकलाई भने प्रिमियम दरकै महसुल लिने निर्णय गरेको छ ।

Advertisement

सरकारले २०७५ जेठदेखि औपचारिक रूपमै लोडशेडिङ अन्त्यको घोषणा गरेकाले त्यसयता र प्रिमियम दर हटाउनुअघिसम्मको महसुलसमेत सामान्य दरमा लिइनुपर्ने उद्योगीको माग छ । ऊर्जा संकटका बेला केही उद्योगले डेडिकेटेड र ट्रंक लाइन माग गरेका थिए ।

लोडशेडिङको समयमा यस्तो सुविधा माग नगरेका र लोडशेडिङ हटिसकेपछि आपूर्ति लिएका ग्राहकलाई समेत प्राधिकरणले प्रिमियम महसुल लगाएको उद्योगीले बताउँदै आएका छन् । त्यस्तो महसुल तिर्न प्राधिकरणले अन्यायपूर्ण तरीकाले दबाब बनाइरहेको संघले बताएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement