राष्ट्रिय बहिरा महासंघका सदस्यलाई शेयर बजार सम्बन्धी आधारभूत तालिम

Advertisement

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले शनिबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागिता थियो । 

प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत गर्दै मन्तव्यको क्रममा थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले गरेकी थिइन् । 

Advertisement

कार्यक्रमको समापन मन्तव्य राख्दै कार्यक्रमको अध्यक्षता गरेकी वाग्लेले शेयर बजार सम्बन्धी तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताइन् । 

तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । यसलाई सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरेका थिए ।  

Advertisement

Advertisement