भारतसँग किनेको १० लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो

Advertisement

काठमाडौं । सरकारले भारतसँग किनेको कोरोना भाइरस कोभिड १९ विरुद्धको १० लाख डोज खोप (भ्याक्सिन) काठमाडौं आईपुगेको छ ।

खोप आइतबार दिउँसो २ बजे एयर इन्डियाको जहाजबाट ल्याईएको हो । उक्त खोप टेकुस्थित कोल्ड रुममा ल्याएर भण्डार गरिएको छ । 

Advertisement

फागुन २३ गतेदेखि उक्त खोप देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । यसअघि भारतले सोही परिमाणमा निःशुल्क खोप उपलब्ध गराएको थियो । 

Advertisement

Advertisement