नर्भिकमा अब डिजिटलाइज्ड ओपीडी सेवा, के के छन् सुविधा ?

Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ओपीडी सेवालाई डिजिटलाइज गर्दै अन्तर्राष्ट्रियस्तरको बनाएको छ । आइतबार एक कार्यक्रमका बीच आधुनिक ओपीडी ( आउट पेसेन्ट डिपार्टमेन्ट)को उद्घाटन गरियो । 

अस्पतालले पूरानो ओपीडी रिनोभेशन गरी डिजिटलाइज गरेको हो । विश्वस्तरीय सेवा दिने अभियानका क्रममा यसलाई स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित गरिएको अस्पतालको भनाई छ । 

Advertisement

अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड गर्नेक्रममा ओपीडीबाट त्यसको सुरुवात गरेको बताइन् । ओपीडी सेवालाई प्रविधिमा आधुनिकीकरणसँगै स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था पनि गरिएको छ ।

मेघा भन्छिन्, ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ नर्भिकको नयाँ ओपीडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन । आरामदायी ढंगले बातानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ । 

यस्तै, कुनै डाक्टरको अपोइनमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै बसे पुग्छ । लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न । नर्भिकले प्रत्येक कन्सल्ट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत त्यहीँ तयार गरेको छ । ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपीडी इञ्चार्जको रुम पनि सँगै राखिएको छ । 

आफ्ना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक कन्सलट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजिटल बोर्ड समेत राखिएको छ । 

नर्भिकले हाल ओपीडीको मात्र विश्वस्तरीय रुपमा पुनर्निर्माण र डिजिटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटाइज्ड बनाउने योजना बनाएको छ । 

पूर्ण डिजिटाइज्ड स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकले आफ्नै मोवाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । त्यसपछि बिरामीहरुले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नुपर्दैन, एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन् । 

Advertisement

Advertisement