पाँच औद्योगिक क्षेत्र बन्दै: प्रधानमन्त्री, अर्थ र उद्योग मन्त्रीले शिलान्यास गर्ने

Advertisement

काठमाडौँ । सरकारले विभिन्न स्थानमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । फागुन १० गतेदेखि १६ गतेसम्म औद्योगिक क्षेत्रको शिलान्यास गरिने छ । फागुन १० , ११ ,१३, १४ र १६ गते ती औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।  

Advertisement

प्रधानमन्त्री ओलीले फागुन १० गते सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी-छेला औद्योगिक क्षेत्र’ र फागुन १६ गते प्रदेश १ को झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन-नेपाल औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । 

उद्योग मन्त्री भट्टले फागुन ११ गते लुम्विनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ र फागुन १४ वागमती प्रदेशको मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गर्ने छन् ।फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्विनी प्रदेशस्थित रुपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक विकास लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।
 

Advertisement

Advertisement