सुरुङ खन्ने मजदुरलाई हौस्याउँदै प्रधानमन्त्री ओलीले भने-‘काम राम्ररी गर्नु ल’

Advertisement

काठमाडौँ । हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण थियो, इन्द्रदहकै दक्षिणतर्फको फेदीमा शुरु भइरहेको नागढुंगा नौबिसे सुरुंगमार्गको पुर्वी प्रवेशद्वारको निरीक्षण ।  

देशलाई सम्मृद्धितर्फ लैजान रेल र पानी जहाजसम्मको पुर्वाधार विकासको मार्ग देखाएका प्रधानमन्त्री ओलीको प्राथमिकतामा सूरुङमार्ग समेत पर्छ । डाँडाकाँडा उकालो ओह्रालो तथा असंख्य घुम्तिहरु पार गर्दै हिँड्ने सडक अब सुरुङमार्गबाट निमेष भरमै यसअघि कयौं घण्टा लाग्ने मार्ग पार गर्दैछ । देश अब सुरुङ युगमा प्रवेश गरिसकेको बताउने प्रधानमन्त्री ओलीले दहचोकको डाँडाको टुप्पोमै जनतालाई हौस्याउँदै भनेका थिए–‘अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ ।’ 

Advertisement

इन्द्रदहको कार्यक्रम सकेर सुरुङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौति र कोभिडका कारण परेको असर बारे जानकारी गराएका थिए । उनीहरुका अनुसार कुल २.६८ किलो मिटर लम्बाईको दुई लेनको यो सुरुङमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पटाउने, आकस्मिक उद्धार र सुरुङ भित्र २४सै घण्टा प्रकाश  अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सिसिटिभि समेत हुनेछ ।   

अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याएका थिए । मुलुकका प्रधानमन्त्रीले आफू तिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए । 

गत २०१९ को नोभेम्बर महिनामा शुरुभएको ठेक्का मितिले ४२ महिना भित्रसम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने प”र्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग शुरुभएपछि सुरुङ निर्माणले तिव्र गति लिने जानकारी पनि निर्माण पदाधिकारीहरुले दिएका छन् ।    


 

Advertisement

Advertisement