माछापुच्छ्रे बैंकको १५६औँ सेवा केन्द्र कावासोती ४ मा

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले कावासोती नगरपालिका वडा नम्बर ४ मा १५६औं शाखा रहित बैंकिंङ सेवा बिस्तार गरेको छ । कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलका अनुसार उक्त सेवा केन्द्र कावासोति शाखा कार्यालय अन्तरगतको भने ८औँ सेवा केन्द्र हो ।  

सेवा सुरुवातका अवसरमा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाको उपस्थिति रहेको थियो । उक्त अवसमा उप प्रमुख मर्दनियाले बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रका कृषक, व्यावसायिहरुको भावना अनुरुप सेवाकेन्द विस्तार गरेकोमा नगरपालिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।

Advertisement

उद्घाटन कार्यक्रममा सेवा केन्द्रका प्रतिनिधिहरु सागर पोखरेल, सोनाम तामाङ, कावासोति नगरपालिका ४ न वडा अध्यक्ष रमाकान्त चापागाईं, डासुराज पोखरेलसहित स्थानीय संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कावासोती ४ मा खोलिएको सेवा केन्द्रको व्यवसायिक प्रतिनिधिमा गोविन्द पाण्डे रहेका छन् ।

Advertisement

Advertisement