शेयर बजारमा पहिरो गए पनि निफ्रा र आँखु खोलासहित ८ कम्पनीका लगानीकर्ताहरु मालामाल

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजारमा ३२.६७ अंकले गिरावट आएको हो । १.२४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६०७.६७ अंकमा झरेको छ । 

नेप्सेका अनुसार आज २०७ कम्पनीका २ करोड १६ लाख १४ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार घटेको दिन आज जलविद्युत समूहमा भने उत्साह छाएको छ । आज जलविद्युत समूह ४५.८५ अंक र अन्य समूह २७.८६ अंंकले बढे पनि बाँकी अरु समूह राताम्मे भएका छन् । बीमा समूह सबैभन्दा बढी घटेका छन् । जीवन बीमा समूह ३५१.३४ अंक र निर्जीवन बीमा समूह १०८.५१ अंकले घटेका हुन् । 

बजार घटे पनि आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) र आँखु खोला जलविद्युत कम्पनीसहित ८ कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । निफ्रा र आँखु खोलाका लगानीकर्ताहरुले १०-१० प्रतिशत नाफा कमाएका छन् भने नेपाल हाइड्रो डेपलपर्सका लगानीकर्ताले ९.९३ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ता ९.८३ प्रतिशत, चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.६७ प्रतिशत, शिव श्री हाइड्रोका लगानीकर्ताले ९.६३ प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ९.५९ प्रतिशत, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.४० प्रतिशतले नाफा कमाएका छन् । 

त्यसैगरी आज सबैभन्दा बढी सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले ५.५२ प्रतिशत, सिभिल बैंकका लगानीकर्ताले ५.३२ प्रतिशत र मेगा बैंकका लगानीकर्ताले ५.२० प्रतिशतले घाटा व्यहोरेका छन् । आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । एनआईसी एशियाको ३८ करोड २४ लाख ७५ हजार २ सय ५३ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement