बिरामीसम्म खाना पुर्याउने रोबोट नेपालमै बन्योे

Advertisement

ललितपुर । नेपालमा रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले कुपण्डोलस्थित इनोभेटिभ घर नेपाल नामक गैरसरकारी संस्थाका १५ युवाहरु दिन रात नभनी लागिपरेका छन् । उनीहरु सन् २०१५ सालदेखि रोबोटिक्स र एआई टेक्नोलोजीको विस्तारमा निरन्तर कार्यरत छन् ।

विगत लामो समयदेखि रोबोटिक्स र एआई टेकनोलोजीलाई प्रवद्र्धन गर्दै आएका ती युवा वैज्ञानिकहरुले १९ वटा प्रोजेक्ट तयार गरिसकेका छन् । उनीहरुले आफूले निर्माण गरेका ती १९ वटा रोबोट अर्थात यान्त्रिक मानवको अलग, अलग नामसमेत दिएका छन् ।

Advertisement

युवा वैज्ञानिकहरुले बनाएका ती रोबोटहरुमध्ये जनमैत्री मल्टिपल कलेजमा सुरक्षा मन्त्र रोबर्ट, भावन आर्टमा ढुङा मन्त्र रोबोट र स्याङजा ‘वीर कोट नगरपालिकामा डिजिटल डस्ट्बिन नामक रोबोट उल्लेखनीय छन् । 

त्यसैगरी, अनलाइन नगरपालिका सफ्टवेयर, भेइकल सिम्युलेटर नेपाल आर्मी ट्रान्सपोर्टेसन बटालियन, अडियो गाइड टुर सिस्टम, स्मार्ट पार्किङ सिस्टम, भिजिटर सिमुलेटर, भिजिटर्स सर्भिस् रोबोट, ड्रोन सर्भिस् फर जिआईएस म्यापिङ एण्ड भिडियो सुट्, यूभिसी एयर डक्ट्, यूभिसी बेष्ट रुम सेनिटाइजेसन सिस्टम, रिबन कटिङ रोबोटिक आर्म, फेस रिकग्निशन एटेन्डेन्स सिस्टम, मल्टिपर्पोज रोबोट, फुड डेलिभरी रोबोट, मोबाइल टोइलेट, मोबाइल थे्रटर र फुड आर्ल वार्निङ सिस्टम नामक रोबोटहरु नेपाली वैज्ञानिकरुले तयार गरेका रोबोटहरु हुन् ।

इनोभेटिभ घर नेपालका जनसम्पर्क प्रबन्धक सुगम ढकालका अनुसार गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे (प्रेम दिवस)का दिन रोबोटिक्स र क्लबिङ्गको संयुक्त अनुभव गराउने उद्देश्यले द राइज अफ भ्यालेन्टिना इभेन्ट तयार पारी प्रदर्शन गरेको थियो । सो कार्यक्रम आयोजना गर्न भ्यालेन्टीना नामको रोबोट निर्माण गरी ठमेलको फरनहाइट क्लबलाई एक दिनको लागि भाडामा दिइएको उनले बताए । 
उक्त क्लबले रोबोटद्वारा भ्यालेन्टाइन डेको कार्यक्रम आयोजना गर्दा करीव ३ हजार दर्शकहरुले अवलोकन गरेका थिए । उनका अनुसार रोबोटिक्सको प्रयोग गरी यसरी भ्यालेन्टाइन डे मनाएको नेपालमै पहिलो घटना हो । नाइट क्लबमा रोबर्ट ब्याटलहरू प्रस्तुत गरिएको घटना धेरै अनौठो र नेपालमा पहिलो पटक भएको उनले बताए ।

भ्यालेन्टाइन डेको अवसरमा मिस भ्यालेन्टिनाले कार्यक्रममा पाहुनालाई फूलद्धारा अभिवादन, तापक्रम मापन, सेनिटाइजर वितरण, विज्ञापन प्रदर्शन तथा स्थान नेभिगेसन लगायतका कार्य गरेको थियो । सो कार्यक्रम पृथ्वी इभेन्ट नेपाल र यती टेकसँगको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य लक्ष्य नै अन्य दिनहरु भन्दा नयाँ अनुभव दिन मानिसहरु सामु रोबोट पुर्याइएको हो। उनले भने, ‘त्यस दिन हामीले क्लबिंग र टेक्नोलजीको फ्यूजन गरेका थियौं। सो अवसरमा दर्शकहरुले रोबोट ब्याटल र अन्य प्राविधिक चीजहरुको अनुभव समेत प्रत्यक्ष गरे ।

समुदायमा कस्लाई के चाहिन्छ त्यहि अनुसारका रोबोटहरु निर्माण गर्दै जाने योजना आफूहरुको रहेको ढकालले बताए। उनले भने, ‘हामीले लकडाउनको समयमा पनि धेरै ठाउँहरुमा कोरोनाको आइसोलेसन बनायौं, त्यसबखत आइसोलेसन बनाइएको ठाउँहरुमा बसोबास गर्दै आएका मानिसहरु धेरै डराएका बेला एउटा ताररहित रोबोट बनायौं। त्यसले खानेकुरा बोकेर कोरोनाको बिरामीकहां पुर्याउने काम गरेको थियो। बिरामीको बेडसम्म खानेकुरा पुर्याउने, त्यहाँ भएको डस्टिबन भरिएपछि फेरिदिने लगायत काम गरेको थियो।’

समुदायमा रोबोटिक्स र टेक्नोलोजीलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित भएको इन्नोभेटिभ घर नेपालले अहिले सफ्टवेयर, हार्डवेयर शिक्षालगायत आवश्यक क्षेत्र अनुसारको रोबोट तथा त्यसकानिम्ति आवश्यक जनशक्ति तयार पार्ने योजना रहेको जनाएको छ। 

उनका अनुसार अहिले ठमेल क्षेत्रका दुई, चार होटलहरुमा सेनिटाइजर डिस्पेन्सर (ढुङा मन्त्र) रोबोट तयार हुँदैछ। उनले भने, ‘हामीले क्लबमा प्रस्तुत गरेको प्रोजेक्ट दुई–चार होटलहरुले एकदमै मन पराएका छन्। ठमेल क्षेत्रका होटलहरु यस्ता किसिमको नयाँ कुराहरु ल्याउन समेत उत्साहित रहेका छन्। के कसरी पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ भन्ने हिसाबले प्रोजेक्ट बनाउन उनीहरु भनिरहेका छन्।’

उनले भने, ‘अहिले टीम वर्क गरेर काम गरिरहेका छौं, हाम्रो उद्देश्य रोबोटिक्स र एआइ  टेकनोलजी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा लैजाने हो।’ तर उनका अनुसार अहिलेसम्म विदेशबाट कुनै पनि प्रोजेक्ट आएको छैन। उनीहरुको चाहना अन्तराष्ट्रियस्तरमा आफूले बनाएको रोबोट लैजाने भए पनि त्यो भने पूरा भएको छैन्। 

यसैवीच इन्नोभेटिभ नेपालमा सोमबारदेखि थ्री डि प्रिन्टिंग कार्यशाला गोष्ठी प्रारम्भ मएको छ । तीन दिनसम्म चल्ने सो वर्कशपमा बि.ई. मा अध्ययनरत करीव १८ जना विद्यार्थीहरु सहभागी भएका छन् । सो कार्यशालाको सोमबार नाष्टका वैज्ञानिक अधिकृत डा. ईश्वर बज्राचार्यले उद्घाटन गर्नुभयो । सो कार्यशालामा आशीष गौतम, शुभेच्छा निरौला, असरफ प्रधार्नागले प्रशिक्षण दिइरहेका छन् । सो कार्यशालाको मुख्य उद्येश्य थ्री डि टेक्नोलजीको विश्वमा भैरहेको नवीनतम प्रयोगका बारे प्रशिक्षार्थीहरुलाई  जानकारी गराउनु रहेको कुरा इन्नोभेटिभ नेपालका सचिव विक्रान्त कार्कीले बताएका छन् ।

Advertisement

Advertisement