प्रभु बैंकको शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा

Advertisement

काठमाडौँ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा २१३औं शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले बैंकले आप्mनो बैंकको व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन् ।

Advertisement

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने जनाइएको छ ।

स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
  
 

Advertisement

Advertisement