विपन्नहरुको हितका लागि नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता

Advertisement

काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको मासिक पाँच सय रुपियाँ योगदान तथा नगरपालिकाद्धारा पाँच सय रुपिया थप गरी मासिक एक हजार रुपियाँको दरले रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको छ । 

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । उक्त योजनामा सहभागी असंगठित क्षेत्रका करीव सात सय विपन्न मजदुरहरुले ६० बर्ष पुगेपछि मासिक रुपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिनसक्ने गरी सहभागीता गराइएको छ । यस पेन्सन योजनाको बैकिङ पार्टनरको रुपमा एनआइसी एसिया बैंक रहेको छ । 

Advertisement

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व  अन्तर्गत कोषको तर्फबाट १–१ सय रुपियाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । 

Advertisement

Advertisement