सुनको मूल्य ११ सय रुपियाँले बढ्यो, यस्तो छ आजको कारोबार मूल्य

Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपियाँले बढेर ९० हजार एक सय रुपियाँ कायम भएको छ । सोमबार यसको मूल्य  प्रतितोला ८९ हजार रुपियाँमा थियो ।
 
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार एक सय रुपियाँले नै बढेर ८९ हजार छ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ८८ हजार पाँच सय ५० रुपियाँ थियो । 

यता चाँदीको मूल्य पनि प्रतितोला २५ रुपियाँले बढेर एक हजार तिन सय ६० रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला एक हजार तिन सय ३५ रुपियाँ थियो । 

Advertisement

Advertisement

Advertisement