माथिल्लो पिलुवा खोला–३ बनाउन लक्ष्मी र माछापुच्छ्रेले ६५ करोड ५९ लाख लगानी गर्ने

Advertisement

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निर्माण गर्न गरिरहेको माथिल्लो पिलुवा खोला– ३ जलविद्युत  आयोजना बनाउन लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ६५ करोड ५९ लाख रुपियाँ ऋण लगानी गर्ने भएका छन् । 

संखुवासभाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्न लागिएको चार दशमलव ९५ मेगावाटको यस आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकसमेत लगानी गर्न तयार भएको हो । 

Advertisement

दुई वटा वाणिज्य बैंकहरुले सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्ने गरी सोमबार कर्जासम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । माथिल्लो पिलुवा खोला–३ को निर्माण लागत ९३ करोड ७० लाख रुपियाँ रहेकोछ । लागतको बाँकी ३० प्रतिशत रकम कम्पनीको आफ्नै लगानी रहने जनाइएको छ । 

प्रवद्र्धक कम्पनी माबिलुङ इनर्जीलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलगायत संस्था र व्यक्तिले लगानी गरेका छन् । आयोजनाले २८ दशमलव ४१७ गेगावाट आवर विद्युत वार्षिकरुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नेछ । यो आयोजना सन् २ण्२२ को फेबु्रअरीमा सञ्चालनमा आउने जनाएको छ ।

Advertisement

Advertisement