काठमाडौँ रि-इन्स्योरेन्स कम्पनी दर्ता गर्ने अन्तिम तयारी, को-को छन् प्रारम्भिक संस्थापकहरु ?

Advertisement

काठमाडौँ । प्रस्तावित काठमाडौँ रि-इन्स्योरेन्स कम्पनी दर्ता गर्ने तयारी अन्तिम चरणमा रहेको पुगेको छ । कम्पनीका प्रारम्भिक योजनाकार/संस्थापक मध्येका एक रमेशकुमार भट्टराईका अनुसार उक्त ‘काठमाडौँ रि’ को अधिकृत पूँजी २० अर्ब, जारी पूँजी १० अर्ब र तत्काल चुक्ता पूँजी ७ अर्ब रहने छ । 

कम्पनीको शेयर वितरण संरचना संस्थापक ७० प्रतिशत(४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत) र सर्वसाधारणको ३० प्रतिशत रहने छ । ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पूनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको प्रारम्भिक योजनाकार/संस्थापक मध्येका एक भट्टराईले बताए । 

Advertisement

सञ्चालकमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति रहने छ । प्रस्तावित कम्पनीको प्रारम्भिक योजनाकार/संस्थापकहरुमा बीमा समितिका पूर्व अध्यक्ष, कृषि विकास बैंक र नेपाल बैंकका पूर्व सीईओ देवेन्द्र प्रताव शाह, नेपाल रि–इन्स्योरेन्स कम्पनीका पूर्व सीईओ, धितोपत्र बोर्डका पूर्व सञ्चालक महेश गुरागाईँ, नेपाल बिमक संघका पूर्व अध्यक्ष, महालक्ष्मी लाइफका सीईओ, नेपाल लाइफ, एशियन लाइफ र महालक्ष्मी विकास बैंकका पूर्व सीईओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीईओ, आईएमई लाइफ र रेमिट टु नेपालका पूर्व सीईओ श्रीचन्द्र भट्ट रहेका छन् । 

Advertisement

Advertisement