शेयर बजार ओरालो लाग्दा निफ्राका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए, कारोबार पनि निफ्राकै उच्च

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार २१.१६ अंकले घटेको हो । हिजो पनि ३२.६७ अंकले घटेको थियो । आज ०.८१ अंकले बजार घट्दा नेप्से परिसूचक २५८६.५१ अंकमा झरेको छ । 

आज २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपियाँ बराबरको कारोबार भयो । 

Advertisement

ट्रेडिङ समूह बाहेक अरु सबै समूह राताम्मे भए । बजार घटेको दिन पनि ट्रेडिङ समूह भने २६.७३ अंकले बढेको हो । 

बजार घटेको दिन ४ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.९३ प्रतिशत, अपि पावर कम्पनीका लगानीकर्ताले ९.७६ प्रतिशत, लिबर्टी इनर्जीका लगानीकर्ताले ९.६५ प्रतिशत र हिमालयन पावरका लगानीकर्ताले ९.५९ प्रतिशत नाफा कमाएका छन् । 

आज नेपाल इन्फ्रास्ट्रक बैंक(निफ्रा)का लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा ब्यहोरेका छन् । त्यसैगरी आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशत, यूनिलिभिर नेपालका लगानीकर्ताले ५.२८ प्रतिशत, एनएमबी५० का लगानीकर्ताले ५.१८ प्रतिशत र पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले ४.६१ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज निफ्राको उच्च कारोबार भएको छ । निफ्राको ७३ करोड ९४ लाख ५२ हजार ५ सय १८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

तलको लिंक पनि क्लिक गर्नुहोलाः

संकटकालको गलत हल्लाले सेयर बजार प्रभावित भयो, हल्लाको पछि नलागौंः पौडेल

Advertisement

Advertisement