दराज हाटबजारमा एक रुपियाँमै डिशहोम फाइबरनेटको ६ महिनाको प्याकेज

Advertisement

काठमाडौं । दराज हाट बजारमा अब एक रुपियाँमै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजार बिहीबारबाट सुरु भएको हो । दराज अनलाइन सपिङ ब्राण्ड हो । 

दराज र डिशहोम बीचको सहकार्यअनुरुप हाट बजारमा सात हजार ८४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज एक रुपियाँको गेममा भाग लिएर जित्न सकिनेछ । यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिनेछ । 

Advertisement

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले आफूहरुले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको जनाउँदै डिशहोमले यसबाट डिशहोमका ग्राहकहरुले नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुटमा सजिलै अनलाईनमार्फत पनि खरिद गर्न सक्ने जनाएको छ । 

Advertisement

Advertisement