सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा गत शुक्रबारदेखि १०८ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । उक्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेकबहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवम् बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement