किन बढ्दै छ साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ?

Advertisement

काठमाडौं । पछिल्लो समय आकाशियको शेयर बजारमा सोमबार र मंगलबार भने करेक्सन भएको छ । सबै समूहका सुचकहरु ओरोलो लागेका बेला व्यापार समूह भने बढेको छ । व्यापार समूहअन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसनको मात्र शेयर कारोबार भइरहेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत व्यापार समूहमा रहेका विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का छ । कम्पनीले वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले माघ १८ गतेदेखि कारोबार रोक्का गरेको हो । 

Advertisement

गत वर्ष चैतमा (लकडाउन हुनुभन्दा अघिल्लो दिनसम्म) साल्ट ट्रेडिङ कपर्कोरेशनको शेयर मूल्य प्रतिकित्ता दुई हजार चार सय रुपियाँ थियो । आज यसको मूल्य प्रतिकित्ता आठ हजार तिन सय ५० रुपियाँ पुगेको छ ।  

गत साउनयता लगातार उकालो लागको यस कम्पनीको शेयर हालसम्म पनि बढ्नेक्रम जारी नै रहेको छ । केही समय अगाडी कर्पोरेशनका अधिकारीहरुले व्यापार विविधिकरण र पुँजी बढाउने योजना सार्वजनिक गरेका थिए । त्यसपछि यसको प्रभाव सेयर मूल्यमा देखिन थालेको हो । 

संस्थाले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र २५ प्रतिशत बोनस गरी ३५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बोनश सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी १९ करोड रुपियाँ पुगेको कम्पनीले जानकारी दिएको छ । छोटो समयमै यस कम्पनीको शेयर मूल्य बढ्नुमा खरिद बिक्रीको चाप नै मुख्य कारक रहेको देखिन्छ । 

Advertisement

Advertisement