सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

Advertisement

काठमाडौं । मंगलबार प्रतितोला एक हजार रुपियाँले बढेको सुनको मूल्य बुधबार तिन सय रुयिपाँले घटेको छ । यस्तै, मंगलबार प्रतितोला २५ रुपियाँले बढेको चाँदी बुधबार प्रतितोला १५ रुपियाँले घटेको छ ।
 
नेपाली बजारमा छापावाला सुनको मूल्य आजको लागि प्रतितोला ८९ हजार आठ सय रुपियाँ कायम भएको छ । मंगलबार यसको मूल्य प्रतिातोला ९० हजार एक सय रुपियाँ थियो । 

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला तिन सय रुपियाँले नै घटेर ८९ हजार तिन सय ५० रुपियाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ८९ हजार छ सय ५० रुपियाँ थियो । 

Advertisement

यता मंगलबार प्रतितोला एक हजार तिन सय ६० रुपियाँ रहेको चाँदीको मूल्य बुधबार प्रतितोला १५ रुपियाँले घटेर एक हजार तिन सय ४५ रुपियाँ कायम भएको छ । 

Advertisement

Advertisement