महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुँदै, ३७ हजार ५०० भाग्यमानी को-को होलान् ?

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते)  आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।  

 बिक्री प्रबन्धकका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा बिहान ८ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।

Advertisement

१५ लाख भन्दा धेरै आइपीओ पाउनबाट बञ्चित हुने भएका छन् । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ३६ हजार ६८२ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका  छन् । 

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख  १८२ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । 

कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने, ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । 
 

Advertisement

Advertisement