डाटामा समस्या आउँदा निफ्राको कारोबार बीचैमा बन्द, लगानीकर्ता भ्रमित

Advertisement

काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को डाटामा समस्या आउँदा बुधबार उक्त कम्पनीको कारोबार बीचैमा रोकिएको छ । नेप्सेको टीएमएस सिस्टममा उक्त कम्पनीको डाटाका कारण नेप्सेको ग्राफमै अस्वाभाविक प्रवृत्ति देखिएपछि लगानीकर्तासमेत भ्रमित हुन पुगेका छन् । 

प्राविधिक समस्याका कारण निफ्राको सेयर ५९४ रुपियाँले घटेर शुन्य भएको देखिएको छ । सेयर कारोबार सुरु भएको करिव डेढ कारोबार नेप्से  करिव साढे ११ बजे एक्कासी सोझै ८२ अंकले घटेको देखिन्छ, जुन अस्वाभाविक र अनौठो हो । 

Advertisement

यस विषयमा कुरा गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रवन्धक र प्रवक्तालाई फोन गर्दा उठाएनन् । निफ्राको सेयर केही दिनदेखि अस्वाभाविकरुपमा बढ्दै गएकोमा मंगलबार भारी गिरावट हुन पुगेको थियो । आज पनि भारी गिरावट हुने अडकल गरिएको थियो । बिना धेरै कारोबार र बिना नाफा निफ्राको सेयरमा भएको वृद्धिले धेरै जना छक्क पर्दै आएका थिए । यसको यसर बढ्नुको पछाडि हकपद सेयरको हल्ला प्रमुख मानिन्छ । 

आज कारोबार खुलेदेखि नै उक्त कम्पनीको खरिद अर्डर राख्न समस्या देखिरहेको थियो जुन आफैमा रहस्यमय छ । निफ्राको सेयर बन्द भए पनि बाँकी कम्पनीको कारोबार भने सुचारु छ । 

संकटकालको हल्लाले मंगलबार घटेको सेयर बजार आज पनि घट्नसक्ने कतिपयको अडकल थियो । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयसँगै सरकार संकटमा परेको छ । बिष्णु पौडेल अर्थमन्त्रीमा आएसँगै बजारमा सकारात्मक प्रभाव देखिँदै आएकोमा उनको पद धरापमा परेपछि बजारमा पनि त्यसको असर पर्नसक्ने कतिपय विश्लेषकहरुको भनाई रहेको छ । तर, संसद पुनःस्थापनाको सकारात्मक असर बजारमा देखिएको छ । 
 

Advertisement

Advertisement