मन्त्री हुने रोशनी शाहीको इच्छा, नबनाए मुद्दा हाल्ने चेतावनी

Advertisement

काठमाडौं । महरा प्रकरणपछि चर्चामा आएकी रोशनी शाहीले आफूलाई मन्त्री बनाउन नेकपा प्रचण्ड–माधव समूहसँग माग गरेकी छन् । 

नयाँ राजनीतिक घट्नाक्रम विकास भएपछि रोशनीले मन्त्री हुने इच्छा प्रकट गरेकी हुन् । उनी लेख्छिन्, ‘महरालाई पार्टीले स्थायी कमिटिमा लग्नसक्छ भने म मन्त्री हुन किन नपाउने ? जागिरबाट राजिनामा दिन्छु पार्टीले मलाई पनि स्थान दिनुपर्छ । यदि मलाई अन्याय गरेमा पार्टीविरुद्ध मुद्दा हाल्छु । यो मेरो अधिकार हो । महिलाले सधै अन्याय सहनुपर्ने ? यो चलन पनि हटाउनुपर्छ ।’

Advertisement

सर्वोच्च अदालतले संसद पुनर्वहाली गर्ने फैसला गरेसँगै प्रचण्ड–माधव समूह नयाँ सरकार गठनको कसरतमा लागेको छ । 

Advertisement

Advertisement