कोरोनाले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम सम्पन्न

Advertisement

काठमाडौँ । सामूहिक तथा सेवा शुल्क सम्बन्धी सम्झौता २०७५ ले अख्तियारी गरेको अधिकार सम्पन्न संयुक्त कार्यदलले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको असर र बच्ने उपाय विषयक तालिम तथा प्रशिक्षण काठमाडौंबाट शुभारम्भ गरेको गरेको छ । उक्त कार्यदलका संयोजक तथा होटल संघ नेपालका महासचिव साजन शाक्यको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न उद्घाटन भएको हो ।  

उक्त कार्यक्रमको विशेष अतिथिको रुपमा आमन्त्रित होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कोभिड–१९ को विषम परिस्थितिमा होटल उद्योग पनि बाँच्ने र कामदार तथा कर्मचारीहरुलाई पनि बचाउने उद्देश्यले होटल संघ नेपाल, तीनवटै केन्द्रीय ट्रेड युनियन र यस कार्यदलबाट भएको सहमति ऐतिहासिक कदम भएको बताइन् । 

Advertisement

अध्यक्ष राणाले होटल उद्योगको संरक्षण र सम्वद्र्धन गर्न दुवै पक्ष लगानीकर्ता र कामदार तथा कर्मचारीको उत्तिकै दायित्व रहेको हुँदा तालिम, प्रशिक्षण, प्रवद्र्धन तथा सेवा शुल्क संकलन तथा औद्योगिक शान्ति मुख्य उद्देश्य रहेको यस कार्यदलले होटल उद्योगको विकास र विस्तारका लागि होटल संघ नेपालसँग हातेमालो गरी विभिन्न सरकारी तथा गैरसरकारी निकायमा निरन्तर पहलको पहल हुनुपर्ने बताउँदै संघको अध्यक्षता ग्रहण गरेदेखि नै मेरो मूल मन्त्र भनेकै तालिम, प्रशिक्षण र प्रवद्र्धन नै रहेको र यस किसिमका कार्यक्रमहरु मुलुकको सात वटै प्रदेश र प्रदेशमा रहेका होटल संघ नेपालको क्षेत्रीय संघहरुसँग समन्वय गरी आयोजनाका लागि कार्यक्रमहरु तय भए तापनि कोभिड–१९ को महामारीबाट पूरा हुन नसकेको बताइन् । 

अब विस्तारै पर्यटन लयमा आउँदै गरेको अवस्थामा कसरी सुरक्षित तवरबाट स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर होटलहरु सञ्चालन गर्ने भन्ने यस किसिमको कार्यक्रमको शुरुवात आजबाट भएको हुँदा अव निरन्तर रुपमा सात वटै प्रदेश तथा क्षेत्रीय होटल संघमा कार्यक्रमहरु आयोजना गर्न कार्यदललाई निर्देशन दिइन् । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य सुरक्षालाई आत्मसाथ गर्दै मापदण्ड अनुसार होटलहरु सञ्चालन हुनपर्नेमा जोड दिए ।  

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विषम परिस्थितिमा पनि क्वारेन्टिनको लागि अग्रसर रहेर राज्यलाई सहयोग पु¥याएको भन्दै सराहना गरे । उनले पछिल्लो समय होटल संघ नेपालको सुझाव तथा पहललाई सार्थक बनाउन सम्बन्धित निकायसँग विभागले पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो । महानिर्देशक तामाङले यस किसिमको तालिम तथा प्रशिक्षण मुलुकभरनै हुनुपर्ने भनी सराहना गरे ।  

उक्त कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यदलका संयोजक तथा होटल संघ नेपालका महासचिव साजन शाक्यले संयुक्त कार्यदलको उद्देश्य र भावना बारे चर्चा गर्दै यस किसिमको कार्यक्रम अब मुलुकभर सातै प्रदेशमा आयोजना हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन संयुक्त कार्यदलका सदस्यसचिवव वंशी भट्टराईले गर्नुभएको कार्यक्रममा ट्रेड युनियनकर्मीहरुले विषयवस्तुमाथि आआफ्नो धारणा राखेका थिए । 

प्रशिक्षण कार्यक्रममा डा. सरद वन्त र डा. विन्ज्वला श्रेष्ठले स्वास्थ्य मापदण्ड सम्बन्धी प्रस्तुतिकरण गरे भने होटल सञ्चालनसम्बन्धी प्रस्तुतिकरण सञ्जिव थापाले गरेका थिए ।  

Advertisement

Advertisement