नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास हुँदै, रु. ६५ अर्ब चिनियाँ लगानी भित्रिने
file-Photo

Advertisement

झापा । झापाको दमकबाट आठ किलोमिटर दक्षिणमा निर्माण हुने नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को यही फागुन १६ गते शिलान्यास हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्कका अध्यक्ष गोविन्द थापाले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । दमक नगरपालिका–१०, कमल गाउँपालिका–७ र गौरादह नगरपालिका–५ को सङ्गमस्थलमा एक हजार ३०० बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो ।

Advertisement

पार्कमा रु ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने अध्यक्ष थापाले बताए ।  सरकारले जग्गा अधिग्रहण गरेबापत स्थानीयवासीलाई रु एक अर्ब ३६ करोड मुआब्जा दिनुपर्नेमा हालसम्ममा रु ९५ करोड उपलब्ध गराइसकेको छ । सो जग्गा ४० वर्षका लागि सरकारले पार्कलाई भाडामा दिएको हो । पैँतालिस ४५ हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने सो पार्कमा पहिलो चरणमा २६ वटा कृषि, टेक्सटाइल, मोबाइल, विद्युतीयलगायतका कारखाना स्थापना हुने र त्यहाँबाट उत्पादित वस्तु विदेश निर्यात हुने थापाले दाबी गरे । 

रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमूना बन्ने उनको भनाई छ । पार्कमा चीनको मात्र लगानी रहने र नेपालले यसका लागि चीन सरकारसँग कुनै ऋणसमेत नलिएको उनले स्पष्ट पारे । रासस

Advertisement

Advertisement