कोभिड–१९ ले हवाई क्षेत्र थला परेको बेला चार हवाई कम्पनीहरु हेलिकप्टर ल्याउँदै

Advertisement

काठमाडौं । कोभिड–१९ को महामारीबाट हवाई क्षेत्र थला परिरहेका वेला चार नयाँ हेलिकोप्टर कम्पनी उडानको तयारीमा लागेका छन् । त्यही केही विमान कम्पनीमा नयाँ लगानीकर्ता भित्रिएका छन् । विदेशी पर्यटक अहिलेसम्म आउन नसकेको तथा स्वदेशी यात्रुलाई पनि सस्तो भाडामा उडान गर्नुपर्ने अवस्थाबीच पनि यस क्षेत्रमा नयाँ कम्पनीहरू आउन लागेका हुन् ।

तर, पछिल्लो समय हेलिकोप्टर र जहाज कम्पनीमा नयाँ लगानी भित्रिन लागेको हो । यता एयरलाइन्सतर्फ पनि सिम्रिक, सीता तथा सौर्य एयरलाइन्समा नयाँ लगानीकर्ता थपिने र नयाँ जहाज खरिदको प्रक्रिया पनि अगाडि बढेका छन् ।  

Advertisement

नयाँ कम्पनीहरू पनि आउनेक्रम चलिरहेको र पुरानाहरूले पनि यस क्षेत्रलाई चलायमान बनाउन खोजिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘कोभिड–१९ पछि अब पर्यटक पनि आउने हिसाबले नयाँ कम्पनीहरूको चासो बढेको हुन सक्छ,’ महानिर्देशक पोखरेलले भने । 

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement