ओरियन्टल इन्स्योरेन्सको नाफा ९७.५३ घट्यो

Advertisement

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको यो त्रैमासमा ७१ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ९७.५३ प्रतिशतले घटेको छ । 

Advertisement

गत वर्ष २९ करोड ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको खुद बिमा शुल्क पनि १३.९८ प्रतिशतले घटेर ४० करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।
 
गत वर्ष खुद बिमा शुल्क आर्जन ४६ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको खुद दाबी भुक्तानी भने १७ करोड २९ लाख रुपैयाँबाट बढेर २४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । 

कम्पनीको बिमा कोषको आकार ६५ करोड ८४ लाख रुपैयाँबाट बढेर ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ४ करोड ३१ लाख  रुपैयाँ नोक्सानमा रहेको छ ।

Advertisement

Advertisement