सत्ताका लागि दौडधुप सुरु, वामदेव विहानै खुमलटार पुगे, प्रचण्डले मधेसी नेताहरु भेटे

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नयाँ सरकार गठनका लागि नेताहरुको दौडधुप सुरु भएको छ । बिहानै विभिन्न नेताहरुबीच सत्तासाझेदारीबारे कुरा गर्न भेटवार्ता भएको छ । 

नेकपामा सत्ताको तालमेल मिलाउन निकै सिपालु देखिँदै आएका नेता वामदेव गौतम प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न ख्ुमलटार पुगे । 

Advertisement

उनले प्रचण्डसँग एक घन्टा बसेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिने भन्दा पार्टी एक भएर जानु उचित हुने भन्दै पार्टी एकताको सूत्र सुनाएका छन् । बिहानै सात बजे खुमलटार पुगेका गौतम प्रचण्डसँग एक्लै कुरा गरेका थिए । 

गौतमले पार्टीलाई एक बनाइराख्न प्रधानमन्त्री केपी ओलीको सम्मानजनक बहिर्गमन गराउन सकिने दाबी गरेका थिए । नेकपा विभाजन भएपछि कुनै पनि धारमा नलागेका उनले एकताका लागि  पहल गर्दै आएका छन् । 

आजै प्रचण्डले सत्तासाझेदारीबारे कुरा गर्न जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेट गरेका छन् । सत्तामा जान लालयित हुँदै आएको जसपाका नेताहरु प्रचण्ड सत्तासाझेदारीको प्रस्ताव लिएर आएपछि खुशी भएका थिए । 

जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतोले सरकारमा सहभागी हुने कुरामा सकारात्मक प्रतिक्रिया दिएको समाचार छ । प्रतिनिधिसभामा ३४ सिट संख्या लिएर बसेको उक्त पार्टीले प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सके झिनो बहुमत पुग्ने देखिन्छ । 

प्रचण्ड–माधव समूहले आफुनो पक्षमा एकसय भन्दा बढि साँसद रहेको दाबी गर्दै आएको छ । यता केपी ओली समूहले आफ्नो पक्षमा ९० भन्दा बढि साँसद रहेको दाबी गरेको छ । ओली समूहले दाबी गरेजति उसको संख्या भए प्रचण्ड–माधव समूह र जसपाको सहकार्यले बहुमत पुर्याउन मुस्किल देखिन्छ । नेपाली काँग्रेसमा सत्तामा सहभागी हुनेनहुने विषयमा तीब्र विवाद रहेको छ । 

Advertisement

Advertisement