शेयर बजारमा पहिरोः चन्द्रागिरिका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाए, निफ्राको कारोबार उच्च

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ४४.९४ अंकले घटेको हो । १.७३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५५४.१४ अंकमा झरेको छ ।

Advertisement

आज २०६ कम्पनीका १ करोड ५८ लाख ५६ हजार १ सय ७१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपियाँ बराबरको कारोबार भएको छ । शेयर बजारमा पहिरो गएको दिन आज सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २९९.७८ अंकले घटेको छ । 

बजारमा पहिरो गए पनि चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९१ प्रतिशत र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले ८.२२ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

यो साताको शेयर बजारलाई हेर्दा पहिलो दिन आइतबार नेप्से परिसूचक ३.३३ अंकले बढेको थियो भने सोमबार र मंगलबार क्रमशः ३२.६७ अंक र २१.१६ अंकले घटेको थियो । हिजो बुधबार भने १२.५६ अंकले बढेको थियो ।  

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को उच्च कारोबार भएको छ । निफ्राको ९० करोड ३५ लाख ६७ हजार ५ सय ७७ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement