तीन वाणिज्य बैंक र १ लघुवित्तको ३ करोड ३९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ करोड ३९ लाख ७८ हजार ४ सय ७९.०१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । ३ वाणिज्य बैंक र १ लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैक्रममा कृषि विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको १ करोड ४३ लाख ३४ हजार ६ सय ९१.०४६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Advertisement

त्यसैगरी मेगा बैंकले शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस बापतको १ करोड ३३ लाख २२ हजार ६ सय ९५.४१६० कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको ५६ लाख ८ हजार १.४७ कित्ता शेयर सूचीकृत भएको छ । यसैगरी आईएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको २७.४७ प्रतिशत बोनस बापतको ७ लाख १३ हजार ९१.०८ शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement