नेशनल  माइक्रोफाइनान्सको २१ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन

Advertisement

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

समायोजनपछिको भाउ २७ सय ४८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य ३३ सय २५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । चैत ५ गते साधारण सभा बोलाएको कम्पनीले आज (फागुन १४ गते) देखि बुक क्लोज गरेको छ । 

यसर्थ, बिहीबार (फागुन १३ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत लाभांश हात पार्नेछन् ।
 
 

Advertisement

Advertisement